साङ्केतिक फाइल तस्वीर

दार्चुला– शुक्रबार रातीदेखि परेको भारी वर्षाका कारण आएको बाढीले दार्चुला सदरमुकाम ठूलो क्षति पुगेको छ । सदरमुकाम खलङ्गाको बङाबगडमा बाढीले एक दर्जनभन्दा बढी घर बगाएको छ भने ११ जना सर्वसाधारण नागरिक बेपत्ता भएका छन् ।

जिल्ला प्रहारी कार्यालय दार्चुलाका निमित्त प्रमुख, प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी गराए अनुसार त्यहाँको पक्की र झोलुङ्गे पुलसमेत बगाएको छ ।

यतिबेला पानी पर्न रोकिएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुसमेत मिलेल बाढी प्रभावित क्षेत्रको उद्धारमा खटिएका छन् । अविरल परेको भीषण वर्षाका कारण लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ । नदीले कटान गर्ने क्रम नरोकिएकोले प्रहरीले सबै स्थानीयहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।