फाइल तस्वीर

काठमाडौं – सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक शनिबार दिउँसो ४ बजेसम्मका लागि स्थगित गरिएको हो ।

नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ । गठबन्धनको बैठक भोलि चार बजे बस्ने बताइएको छ ।

सिट बाँडफाँडका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ । बैठकबाट शीर्ष नेताले सिट बाँडफाँड गरी टुङ्गो लगाउने बताइएको छ ।