सिरहा– सिरहामा प्रहरीले लागूऔषध र विभिन्न हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । भारतीय बजार जयनगरबाट कमलाको किनार हुँदै कल्याणपुरतर्फ गइरहेको बेला माडर प्रहरीले सिरहा नगरपालिका १७ कमला बाँधबाट कल्याणपुर–२ का १९ वर्षीय पप्पु भन्ने सुमन मण्डललाई पक्राउ गरेको हो ।

विशेष सुराकको आधारमा प्रहरीले साइकलमा आइरहेका मन्डललाई चेकजाँच गर्दा उनको साथबाट २ पता नाइट्रोजन ट्याबलेट, ३ पिस एम्पुल, तरबार, फर्सा एक/एक थान, फाइटर रिङ ६ थान, पेस्तोलजस्तो देखिने लाइटर एकथानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।