फाइल तस्वीर

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालस्थित बेलायती राजदूतावास जानुभई श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

काठमाडौंको लैनचौरस्थित बेलायती राजदूतावास पुगेर राष्ट्रपति भण्डारीले त्यहाँ राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्दै बेलायती महारानी एलिजाबेथ प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

बेलायतकी महारानी एलिजाबेथको हिजो बिहीबार देहबसान भएको हो । महारानी एलिजाबेथले नेपालको दुईपटक राजकीय भ्रमण गर्नु भएको थियो । महारानी एलिजाबेथ तात्कालीन राजा महेन्द्र र बीरेन्द्रको कार्यकालमा नेपाल आउनु भएको थियो ।