साङ्केतिक तस्वीर

काठमाडौं – काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं बसन्तपुरका ३१ वर्षिय सुनोजमान डङ्गोल र पछाडि सवार ललितपुर बाडेगाउँका २२ वर्षिय अभिषेक मर्हजन गम्भीर घाइते भएका हुन् ।

घाइते दुवैको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेकोमा चालक डङ्गोलको गए राति पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । गए राति १ बजे डङ्गोलले चलाएको प्रदेश ३–०२–००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकिराखेको बागमती प्रदेश ०३ ००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएको थियो ।

दुवै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।