चितवन – प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवन पुग्नुभएको छ । सत्तारुढ दल नेपाली काङ्ग्रेसले आयोजना गरेको ‘जनताको साथमा काङ्ग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन पुग्नुभएको हो ।

अहिले बिहान ११ः१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उहाँ चितवन प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री देउवाले आज चितवनमा काङ्ग्रेसका जिल्ला नेता कार्यकर्ता भेट गर्ने कार्यक्रम रहेको छ । यससँगै दिउँसो १२ बजे बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने अभियानको समापन एवं सम्मान कार्यक्रममा सहभागी भएर दिउँसो २ बजे उहाँ काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण पनि चितवन जानुभएको छ ।