प्रतिकात्मक तस्वीर

सिमरा – बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ मा हिजो टाटा सुमोले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुर–१६ पिलुवा घर भइ हुलास जस्ता उद्योगमा सुरक्षा गार्डको काम गर्ने ४० वर्षीय दिपक मैनाली रहेका छन् ।

काठमाडौंबाट कलैया जाँदै गरेको ना १ ज ८८०६ नम्बरको टाटा सुमोले हिजो बेलुकी पौने ९ बजे उनलाई ठक्कर दिएको थियो । टाटा सुमोको ठक्करबाट घाइते उनको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सुमो चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।