काठमाडौं –सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । आजको बैठकले गठबन्धन कार्यदलले बुझाएको प्रतिवेदनमाथि निष्कर्ष निकाल्ने बताइएको छ ।

बिहीबार बसेको गठबन्धन कार्यदलको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धन दलहरूबीच सिट बाँडफाँडमा सहमति हुन नसकेपछि शीर्ष नेतालाई नै सिट बाँडफाँडको अन्तिम टुङगो लगाउन प्रतिवेदन बुझाएको थियो । आजको बैठकमा कार्यदलको बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ ।