फाइल तस्वीर

काठमाडौं – बालिका करणी गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले केही दिनमै स्वदेश फर्किने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्दीपले आफूमाथि लागेको आरोपले स्तब्ध भएको र सीपीएल छोडेर केही दिनमा स्वदेश फर्कने जानकारी दिएका हुन् ।

आरोप निराधार भएको भन्दै उनले कानुनी लडाइँ लड्न तयार रहेको प्रतिक्रिया दिएका छन् । ‘म स्तब्ध छु र राख्छु, नेपालको कानुनलाई पूर्ण विश्वास गर्दै सीपीएल छाडेर केही दिनमै नेपाल फर्कँदै छु । म यो आधारहीन आरोपको सामना गर्न तयार छु । आशा छ कि कानुनले सबैलाई बराबर न्याय दिनेछ ।’ सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन् ।

गत भदौ ५ गते सन्दीपले १७ वर्षे किशोरी करणी गरेको नेपाल पुलिसमा उजुरी परेको थियो। यसपछि अदालतले बिहीबार मात्रै उनलाई पक्राउ पुर्जी आदेश दिएको छ । नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई राष्ट्रिय टिमबाटै बिहीबार निलम्बन गरिसकेको छ । सीपीएलको सिलसिलामा हाल उनी वेष्ट इन्डिजमा छन्।