काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । एलिजावेथ द्वितीयाले आफुलाई काम, सम्मान र सेवाले परिचित गराएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ । ‘रानीका सन १९६१ र सन १९८६ मा भएका दुई राजकीय भ्रमणलाई नेपालमा आदरपुर्वक स्मरण गरिन्छ,’ देउवाले एलिजावेथका नेपाल भ्रमणको चर्चा गर्दै भन्नुभएको छ ।

प्रधानमन्त्री देउवाले रानी एलिजावेथको निधनले नेपाल र नेपाली जनताले आफुलाई माया गर्ने एक व्यक्तित्व गुमाएको उल्लेख गर्नुभएको छ । उहाँले एलिजावेथको निधनमा बेलायती राजपरिवारलाई समवेदना ब्यक्त गर्नुभएको छ ।

एलिजावेथ तत्कालीन राजा महेन्द्रको निम्तोमा सन १९६१ मा र राजा वीरेन्द्रको राज्याभिशेकमा सन १९८६ मा नेपालको राजकीय भ्रमणमा आएकी थिइन् । ९६ बर्षको उमेरमा हिजो बिहिबार बेलायतको बालमोरलमा एलिजाबेथको निधन भएको थियो ।