फाइल तस्वीर

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा चार देशका लागि राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा म्यानमारका लागि हरिचन्द्र घिमिरे, मलेसियाका लागि नेपालको आवासीय राजदूतमा डिल्लीराज पौडेल, संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा. श्रीधर खत्रीलाई कोस्टारिकाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बिहीबार साँझ एक विज्ञति जारी गर्दै उक्त कुराको जानकारी गराउनु भएको छ । राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम यी चार राजदूत नियुक्त गरिएको जनाएको छ ।