फाइल तस्वीर

काठमाडौं — प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनबीच सिट बाँडफाँडबारे छलफल भएको छ । आज बिहान ९ बजेदेखि सुरुभएको सिट बाँडफाँड कार्यदलका सदस्य र नेताहरूको बैठक बालुवाटार चलिरहेको छ ।

हिजो बुधबार बसेको कार्यदलको बैठकले सिट बाँडफाँट सम्बन्धी प्रतिवेदन आज बिहीबार शीर्ष नेतालाई बुझाउने भनिएको थियो । बालुवाटार स्रोतका अनुसार सिट बाँडफाँडको टुङ्गो आज लाग्ने छ भने विवादित क्षेत्रका सम्बन्धमा प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरुले टुङ्ग्याउने भनिएको छ । कार्यदलमा क्षेत्रगत चुनावहरूमा प्राप्त मत परिणाम लगायत अन्यकुराहरुलाई समेत विश्लेषण गरेर सिट बाँडफाँडमा छलफल भैरहेको थियो ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आगामी असोज १ गते निर्वाचन आयोगलाई बुझाउनुपर्ने भएकोले त्यसअघि नै प्रत्यक्षतर्फका सिट बाँडफाँट टुङग्याउन गठबन्धनलाई दवाव रहेकोले सबैकुरा आज टुङ्ग्याने प्रयास भैरहेको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फका उम्मेदवारी दर्ता भने असोज २३ गते गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।