काठमाडौं – नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधिमण्डल र सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाबीच शिष्टाचार भेटवार्ता भएको छ । फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष म्बलष्भ िक्बmियल नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले आज बिहीवार बिहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेटवार्ता गरेको हो ।

द्विपक्षीय भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रिपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गर्नुभयो ।

सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रुपमा परिरहेको चर्चा गर्दै यसको मिलेर सामना गर्नु पर्नेमा जोड दिनुभयो ।

भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष म्बलष्भ िक्बmियल ले नेपालमा गरिएको आतिथ्यतामा लागि आभार व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न सबैले शक्ति लगाउनु पर्नेमा जोड दिनुभयो । उहाँले नेपालले वातावरणको क्षेत्रमा गरेको काम सह्रानीय रहेको उल्लेख गर्नुभयो ।