काठमाडौं – ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४ सय ९६ जना चालकहरूलाई कारवाही गरेको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २ सय ७५ जना, अनावश्यक हर्नको प्रयोग गर्ने १ सय ९५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १ सय ३४ जना, ढोका खुल्लै राखेर सवारी चलाउने १ सय ३४ जना र मदिरा पिएर सवारी साधन चलाउने १ सय २९ जना सवारी चालक रहेका छन् ।

यस्तैगरी अवस्था ठिक नभएका सवारी साधन चलाउने १ सय १६ जना, लेन उल्लङ्घन गर्ने १ सय ११ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७३ जना, तीव्र गतिमा सवारी साधन चलाउने ६५ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ५२ जना चालक कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।