फाइल तस्वीर

काठमाडौं – अर्थमन्त्री समेत रहनुभएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)क्रान्तिकारीको क्रान्तिकारी फोर्सको घोषणा गर्नुभएको छ । नेता शर्मामा घोषणा कार्यक्रममा बोल्दै आफु पार्टीको उप–महासचिव नभै सङ्गठन विभाग प्रमुखको हैसियतले उपस्थित भएको बताउनु भएको छ ।

माओवादी केन्द्रले भदौ ४ गते नेता शर्मालाई पार्टीको उप–महासचिव पदको जिम्मेवारी दिएको थियो । नेता शर्मा पार्टीको महासचिव पदको आकाङ्क्षी हुनुहुन्थ्यो ।

महासचिव पदमा आकाङ्क्षीहरु धेरै भएपछि भदौ ४ गते बसेको पार्टीको बैठकबा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देवप्रसाद गुरुङलाई महासचिवको जिम्मेवारी सुम्पिनु भएको थियो । उक्त बैठकमा अध्यक्ष प्रचण्डल शर्मासहित गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिवको जिम्मेवारी तोक्नु भएको थियो । पार्टीको उक्त निर्णयमा शर्माले फरक मत राख्नु भएको थियो ।

क्रान्तिकारी फोर्सको घोषणा कार्यक्रममा बोल्दै पार्टीमा ६ जनामात्र उपमहासचिव रहेको आफु सङ्गगठन विभाग प्रमुखमात्र रहेको जानकारी गराउनु भएको थियो । अर्थमन्त्री शर्माले मन्तव्य दिनेक्रमामा भन्नुभयो ‘म सङ्गठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु ।’