काठमाडौं – राष्ट्रियसभा अन्तर्गत चार वटा विषयगत समितिमा सभापतिका लागि आज बुधबार चार जनाको उम्मेदवारी परेको छ । सभापतिका लागि उम्मेदवारी दिनेहरूमा दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) रहनुभएको छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेको हो । सभापतिको यही २३ गते १ बजे निर्वाचन हुने राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिनुभयो ।