काठमाडौं – प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरू हुने गर्छ । आज बुधबार बिहान ७ः१५ बजेको साइतमा लिंगो ठड्याइएको हो ।

इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें याः’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र याः भनेको मुख्य जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रासम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ । भक्तपुरको चित्तपोलस्थित यः सिंगुँ अर्थात जङ्गलबाट ल्याइएको ३२ हात लम्बाइको लिंगो मानन्धर समुदायले उठाउने प्रचलन छ ।

परम्परागत बाजा, गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर लिंगो ठड्याइन्छ । इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ। नेवार समुदायमा मनाइने यो जात्राको उद्गमथलो हनुमानढोका दरबार क्षेत्र मानिन्छ । आजबाट विधिवत इन्द्रजात्रा शुरु हुँदैछ । आज बिहान हनुमान ढोकामा इन्द्रध्वजा उत्थोलन गरेर विधिवत इन्द्रजात्रा शुरु गरिएको हो ।

हनुमानढोकामा रहेको योसिँ (लिंगो) ठड्याएपछि इन्द्रजात्रा शुरु हुन्छ । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र यास् भनेको मुख्य जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ ।

इन्द्रजात्राको अवसरमा हनुमान ढोका परिसरमा योसिँ (३२ हातको लिङ्गो) ठड्याइएको हो । काठमाडौँका तत्कालीन राजा जयप्रकाश मल्लको पालादेखि इन्द्रजात्रामा लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ ।
आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी मनाइन्छ । लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजु पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँदछन् । हिन्दू र बौद्ध धर्मावलम्बी नेवार समुदायको यो साझा चाडका रूपमा लिइन्छ ।