फाइल तस्वीर

काठमाडौं– प्रतिनिधिसभाको बैठक आज बुधबार पनि बस्दैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजे बैठक बस्ने भएको हो ।

आजको बैठकमा एमालेका सांसद् भीमरावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र सम्वद्र्धन गर्न आवश्यक भएको भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूची रहेको छ ।

त्यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रियसभाबाट सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियो’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यो विधेयकमा परेका शंसोधनलाई आजै निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।