धनगढी – नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य तथा दिपायल सिलगढी नगरपालिकाका पूर्व नगर प्रमुख पूर्णराज जोशीसहित नेकपा एमालेका नेता कार्यकताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेश नेता तथा कार्यकर्ताहरुला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिका लगाइ पार्टीमा प्रवेश गराउनु भएको हो ।

एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेमा दिपायल सिलगढी नगरपालिका पूर्व कार्यपालिका सदस्य तथा एमाले नगर कमिटी उपाध्यक्ष नेता टेकबहादुर बिक, एमाले नेता गोरखबहादुर चन्द र एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य धनबहादुर ओली रहेको हाम्रा सम्वाददाताले जनाएका छन् ।

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशद्वारा धनगढीमा आयोजित प्रदेशस्तरीय राजनीति तथा वैचारिक प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश, सुप इन्चार्ज खगराज भट्ट सहितका नेताहरूले नवआगन्तुक नेता कार्यकताएहरुलाई पार्टीमा स्वागत गर्दै आगामी निर्वाचनमा माओवादी केन्द्रलाई जिताउन सबैमा आग्रह गर्नुभएको छ ।