फाइल तस्वीर

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलभित्र प्रदेश र प्रतिनिधिसभा सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको बताउनु भएको छ । राजधानीमा आजदेखि सुरु भएका पार्टीको भातृ सङ्गठन नेपाल दलित मुक्ति सङ्गठनकोे केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो खुलासा गर्नुभएको हो ।

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भए पनि सिट बाँडफाँडको विषयमा कुरा मिल्ने र नमिल्ने अन्योल्न रहेको अध्यक्ष नेपालको भनाइ थियो । तर पनि आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढ्न चाहिरहेको धारणा व्यक्त गर्नुभयो ।

आगामी निर्वाचनलाई लक्षित गर्दै गाउँ गाउँ पुगेर सङ्गठन निर्माण र परिचालनको काममा खटिन पनि सिंगो पार्टी पंक्तिलाई नेता–कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई जिताउने गरी सङ्गठन परिचालनको काममा जुट्न निर्देशन दिंदै अध्यक्ष नेपालले त्यसका लागि पार्टीको हैसियत र सामथर््य वृद्धिका लागि सिङ्गो पार्टी पङ्क्ति नै परिचालन हुनुपर्नेमा जोड दिनुभयो ।

नेता नेपालले बैठकमा बोल्दै ‘अब हामीले चुनावमा लाग्नुछ । चुनावका लागि नै सङ्गठन बनाउन विशेष जोड दिन आग्रह गर्नुभयो । चुनावको लागि राजधानीं र जिल्ला सदरमुकाममा बस्ने नभै जनताको घरघर र बस्तीबस्तीमा जानुपर्छ भन्नुभयो ।