फाइल तस्वीर

काठमाडौं – बेलायती नवनियुक्त प्रधानमन्त्री लिज ट्रसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनु भएको छ । प्रधानमन्त्री देउवाले बेलायती समकक्षी लिज ट्रसलाई सामाजिक सञ्चाल ट्विरमार्फत् बधाई दिनुभएको हो ।

झण्डै दुई महिनाको रस्साकसीपछि बेलायतले नयाँ प्रधानमन्त्रीको रुपमा लिज ट्रसलाई पाएको हो । लिज यस अघि विदेशमन्त्रीको महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँ बेलायतकै इतिहासमा तेस्रो महिला प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।

बेलायतको पहिलो महिला प्रधानमन्त्री मार्गरेट थ्याचर हुनुहुन्थ्यो भने दोस्रो महिला प्रधानमन्त्रीको रुपमा टेरेजा मे र अहिले लिज ट्रेस तेस्रो महिला प्रधानमन्त्री बन्न सफल हुनुभयो ।