फाइल तस्वीर

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को आयु नलम्बिने बताउनु भएको छ । धनगढी विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले संसद्को आयु नलम्बिने बताउनु भएको हो ।
अध्यक्ष प्रचण्डले संसदको आयु लम्ब्याउन हुँदैन भनेर गठबन्धन दलभित्र छलफल भएकाले र कुनै पनि हालतमा संसद्को आयु लम्बिन नहुने जिकिर समेत गर्नुभयो ।

अध्यक्ष प्रचण्डले मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता गरेपछि वर्तमान संसद् नरहने भन्दै ‘संसद्को आयु लम्ब्याउनु हुँदैन, मनोनयनपछि संसद् रहँदैन, एक दिन पनि लम्ब्याउनु हुँदैन’ भन्नुभयो ।

अध्यक्ष प्रचण्डले गठबन्धनमा सिट सङ्ख्या, क्षेत्र र प्रदेश एकैचोटी टुङ्ग्याउने भनेर गठबन्धन लागिरहेको भन्दै ‘कार्यदलमा आज टुङ्ग्याउने भनेर काम गरिरहनुभएको छ । भोलि हामी त्यसलाई अन्तिम रूप दिन्छौं’ भन्नुभयो ।

गठबन्धन दलहरुले सिट सङ्ख्यामा आ–आफ्नै दावी गरेता पनि काङ्ग्रेसले सुरुमा सय भने पनि अहिले ८० को वरिपरि आउने सम्भावना रहेको उल्लेख गर्नुभयो । त्यस्तै माओवादीले ६० मा दाबी गरेपनि केही सङ्ख्या तलमाथि हुनसक्ने भन्दै नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीमा पनि २५ सिटको वरिपरिबाटै सहमति खोजिने बताउनु भयो ।

सबै पार्टीका प्रतिनिधि बसेर मिलेको जति मिलाउने नमिलेको स्थानमा शीर्ष बसेर मिलाउने कुरा छ भएको छ । त्यसैमा सहमति हुन्छ भन्ने हाम्रो विश्वास छ ।