फाइल तस्वीर

काठमाडौं – प्रतिनिधिसभाको नियमित बैठक आज मङ्गलबार पनि बस्नेभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

उक्त विधेयक आजै संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने र पारितका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।