फाइल तस्वीर

काठमाडौं – सरकारले प्रतिनिधिसभाको कार्यकाल उम्मेदवारी मनोनयनकै दिन समाप्त गरी विधेयक संशोधन गर्ने तयारी गरेको छ । यसअघि सरकारले प्रतिनिधिसभाको कार्यकाल नयाँ संसदको पहिलो बैठकसम्म रहने गरी विधेयक ल्याएको थियो । उक्त विधेयकप्रति चौतर्फी आलोचना भएपश्च्यात् सरकारले सो विधेयकलाई संशोधन उम्मेदवारी मनोनयन दिन समाप्त हुने गरी विधेयक ल्याउन लागेका हो ।

सरकारले केही नेपाल ऐन संशोधनमार्फत् प्रतिनिधिसभा निर्वाचन ऐन संशोधन गर्दै कार्यकाल गणना सपथ खाएको दिनबाट गर्ने व्यवस्था प्रस्ताव गरेको थियो । प्रतिनिधिसभाले आफ्नो कार्यकाल गणनासम्बन्धी व्यवस्था समेटिएको केही नेपाल ऐन संशोधन विधेयक सैद्धान्तिक रूपमा स्वीकृत गरेसँगै विधेयक संशोधन प्रक्रियामा अघि बढेको छ ।

सांसदहरूले दर्ता गरेको संशोधनमध्ये एउटालाई स्वीकार गरेर मनोनयनकै दिन संसदको कार्यकाल सकिने व्यवस्था गर्ने हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएपछि नयाँ संसदको पहिलो बैठकसम्म रहने गरी ल्याउन खोजिएको विधेयक रोक्न प्रधानमन्त्री देउवाले कानुन मन्त्रीलाई निर्देशन दिनुभएको थियो ।

विधेयक संशोधनमध्ये एउटालाई स्वीकार गरेर प्रतिनिधिसभाको कार्यकाल मनोनयनकै दिन सकिने व्यवस्था गर्न लागिएको छ । ‘कार्यकालबारे संविधानको धारा ८५ले पाँच वर्ष हुन्छ भनेर तोकेको छ । संसदको कार्यकाल लम्ब्याउन खोजेको भन्दै सरकारले ल्याएको विधेयकबारे एमालेले आपत्ति जनाएको थियो ।

संविधानको धारा ८५ को प्रावधानलाई प्रस्ट्याउनका निम्ति सरकारले कानुन ल्याउन लागेको कानुन मन्त्रीको भनाइ थियो । कार्यकाल कहिलेदेखि प्रारम्भ हुन्छ र कहिले अन्त्य हुन्छ भन्ने कुरा स्पष्ट नहुँदा नेताहरुको नैतिकता बेइमानी तिर गएको देखिन्छ ।