काठमाडौं– नेपाली सेनाका प्रमुख प्रभुराम शर्मा र भारतीय स्थलसेनाका प्रमुख पनोज पाण्डेबीच आज भेटवार्ता भएको छ । दुईदेशका समकक्षी सैन्य जनरलहरुबीच सैनिक मुख्यालय जङ्गी अड्डामा भेट भएको हो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार दुई देशका सेना प्रमुखहरुबीचको भेटवार्तामा द्विपक्षीय हित, सैन्य सहयोग लगायतका विषयमा छलफल भएको छ । नेपालको पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेना प्रमुख पाण्डे आइतबार काठमाडौँ आइपुग्नु भएको हो । उहाँ नेपालको पाँचदिने भ्रमण सकी बिहीबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।