फाइल तस्वीर ।

काठमाडौं – ट्राफिक प्रहरीमा नयाँ नेतृत्व फेरिएपछि ट्राफिकले सवारी अनुगमनलाई तिव्रता दिंदै आएको छ । यसैक्रममा उल्लङ्घन गर्ने ३ हजार ४१९ जना सवारी चालकहरूलाई आइतबार काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरिएको जनाएको छ ।

ट्राफिक प्रहरीको कारबाही पर्नेमा फुटपाथमा पार्किङ गर्ने २९० जना, हर्नको अनावश्यक प्रयोग गर्ने २३० जना, मदिरा पिएर सवारी साधन चलाउने १५८ जना र तीव्र गतिमा सवारी साधन चलाउने ११९ जना रहेको ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

यसैगरी सार्वजनिक यातायातको ढोका खुल्लै राखेर सवारी चलाउने १२५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०६ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने १०६ जना, लेन उल्लङ्घन गर्ने ९२ जनालाई कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रातो बत्तीको उल्लङ्घन गर्ने ८६ जना र क्षमताभन्दा बढी यात्रु राख्ने २४ जना चालकमाथि पनि कारबाही गरिएको छ ।