फाइल तस्वीर

काठमाडौं– पाँचदलीय सत्तारुढ गठबन्धनको सिट बाँडफाँड गर्न गठित कार्यदलको बैठक आज सोमबार पनि बस्ने भएको छ । कार्यदलको बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

आजको बैठकमा पनि आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पाँच दल मिलेर साझा उम्मेदवार उठाउने गरी सिट बाँडफाँट गर्ने तयारीमा जुटेका छन् । यद्यपि, सिट बाँडफाँड निम्ति लामो समय खर्चिएका गठबन्धन दलहरुबीच सिट बाँडफाँडमा सहमति जुट्न सकेको छैन ।

हिजो आइतबार बसेको कार्यदल र शीर्ष नेताहरुको बैठकले भोलि मङ्गलबारसम्ममा सिट बाँडफाँटको सबै टुङ्गो लाग्ने र गठबन्धन दलहरु भित्रका सबै दललाई न्यायोचित हुने गरी सिट बाँडफाँट हुने नेताहरूले दावी गरेका छन् ।

सिट बाँडफाँडको विषयलाई लिएर नेपाली काङ्ग्रेसको संस्थापन इतर समूह विरोधमा उत्रिएको छ । सभापति देउवाले पार्टीभित्रको असन्तुष्ट पक्षलाई कसरी समेट्न कठिन छ ।