फाइल तस्वीर

काठमाडौं– राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत भएको छ ।

राष्ट्रियसभाको शुक्रबारको बैठकले उक्त विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठकलाई गराउनुभयो । राष्ट्रियसभाले सो विधेयकमा कुनै संशोधन नगरी पारित गरेको थियो । नागरिकता विधेयक विवादास्पद बनेको छ । नेपालको संविधान अनुसार राष्ट्रपतिले कुनैपनि विधेयकलाई एक पटक संसदमा फिर्ता पठाउन पाउने संवैधानिक अधिकार छ । प्रतिनिधिसभाले यस विधेयकलाई जस्ताको तस्तै पास गरी राष्ट्रपति समक्ष पेश हुनेछ ।

यो विधेयकलाई राष्ट्रपतिले पुनः संसदमा फिर्ता गर्न सक्ने अधिकार छैन । नागरिकता विधेयकप्रति स्वयम राष्ट्रपति समेत असन्तुष्ट हुनुहुन्छ । तर सरकार र राजनीतिक दलहरुले यस विधेयकलाई परिमार्जन गर्न चाहेनन् । यो विधेयकले राष्ट्रपतिलाई असजिलो अवस्थामा धकेल्ने विश्लेषण गरिंदै आएको छ ।