फाइल तस्वीर

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिनुभएको छ । आज आइतबार भएको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नेक्रममा आफुले सांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

निर्वाचन घोषणा भइसके पनि सेवा सुविधा लिने र संसद्को कार्यकाल लम्ब्याउन खोजिएको भन्दै आफुले नैतिकताको आधारमा सांसद पदबाट राजीनामा दिएको बताउनु भएको थियो । राप्रपाका अध्यक्ष लिङदेन २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा झापा जिल्लाबाट निर्वाचित हुनुभएको थियो ।