फाइल तस्वीर

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले मङ्सिर ४ गते हुने भनिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्रमा समावेश गर्न एमालेका शुभेच्छुक तथा सर्वसाधारणसँग अनुरोध गरेको छ । एमालेप्रति सद्भाव राख्ने जोकोहीले पनि एमालेले आगामी निर्वाचनमा विजयी भएपछि गर्नुपर्ने कामको सुझाव दिन चाहेमा २५ भदौभित्र पार्टी केन्द्रीय कार्यालयमा उपलब्ध गराइदिन अनुरोध गरेको हो ।


सुझावका लागि पार्टीको केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीलाई सम्पर्क व्यक्ति तोकिएको छ भने सुझाव दिन चाहनेले पार्टीको इमेलमार्फत पनि सकिने भन्दै सुझाव दिन अनुरोध गरेको छ ।

यसैगरी पार्टीका नेता कार्याकता र पार्टी जनसङ्गठनहरुसँग सुझाव मागेको थियो । पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा गठित ‘घोषणा पत्र मस्यौदा कमिटी’ले निर्वाचनको घोषणापत्रमा समावेश गर्ने विषयवस्तु के कस्तो आवश्यक छ भनेर समग्र पार्टी पङ्तीलाई भनौ १५ गतेसम्मको समय सीमा तोकेर सुझाव माग गरेको थियो ।

पार्टीले सुझाव दिन तोकेको समयावधी सकिएको र पार्टीसम्बन्ध सबै कमिटी, विभाग र जनसङ्गठनहरु सबैले आ–आफ्नो सुझावसमेत दिइसकेका छन् । एमालेले पार्टी कमिटी बाहिर रहेका एमालेका मित्र तथा शुभेच्छुकहरू र आम जनसाधारणहरूसँग पनि सुझाव माग गरेको हो ।