फाइल तस्वीर

काठमाडौं– सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक आज आइतबार पनि बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो २ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

आज बस्ने बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्नु हुनेछ ।

सभामुख सापकोटाले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूचीसमेत रहेको संसद् सचिवालयले जनाएको छ ।