फाइल तस्वीर ।


काठमाडौं – आगामी ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँड गर्ने विषयमा छलफल गर्न आज पुनः सत्तारुढ पाँच दलको बैठक बस्ने भएको छ । जनमोर्चाका नेता आनन्द शर्माका अनुसार शीर्ष तहका नेता सहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने तय भएको हो ।

मङ्सिरमा हुने निर्वाचनको लागि सिट बाँडफाँड गर्ने विषयमा गठबन्धन दलहरुबीच अहिलेसम्म सहमति जुट्न सकेको छैन । यसै विषयलाई लिएर सहमति खोज्न पाँच दलीय गठबन्धन लागेको हो । यस अघि बिहीबार बसेको बैठकमा सिट भागबण्डामा सहमति जुट्न नसकेपछि पुनः आज आइतबार छलफलमा बस्न लागेका हुन् ।