फाइल तस्वीर


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका केही नेता–कार्यकर्ताहरुले पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएको छ । पार्टी नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टी प्रकटक गर्दै नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएको हो ।

नेकपा विप्लव समूह परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेमा वैकल्पिक केन्द्रीय सदस्य एवम् बैतडी इञ्चार्ज रमेश परियार, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) कञ्चनपुरका जिल्ला अध्यक्ष कल्पना परियार, नेकपा काठमाडौं–कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दिपेश नागरी, मञ्चका सचिव राधव परियारलगायत नेता–कार्यकर्ता रहेका छन् ।

काङ्ग्रेसमा प्रवेश गरेका नेता–कार्यकर्ताहरुलाई प्रधानमन्त्री समेत रहनुभएका काङ्ग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेशका लागि धन्यवाद दिंदै पार्टीमा प्रवेश गराउनु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टी प्रवेश कार्यक्रममा सभापति देउवाले नवआगन्तुकहरूलाई काङ्ग्रेसको सदस्यता वितरण गर्नुभएको थियो ।