फाइल तस्वीर

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा आज शुक्रबार प्रकाशित गरेको हो ।

आज प्रकाशित नतिजाको ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गर्दा १ लाख ८८ हजार ४ सय १० जना ननग्रेडिङमा परेको बोर्डले जनाएको छ ।

प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अङ्क नल्याए ग्रेड सिटमा एनजी अर्थात् नन ग्रेडिङ लेख्ने प्रावधान अनुसार ठूलो सङ्ख्यामा विद्यार्थी ननग्रेडिङमा परेका हुन् । कक्षा १२ को परीक्षामा ४ लाखभन्दा बढी परीक्षार्थी परीक्षा दिएका थिए ।