फाइल तस्वीर

काठमाडौं – अविरल वर्षाका कारण गएको पहिरोले गर्दा देशकै लाइफ लाइन मानिने नारायणगढ–मुग्लिन सडकखण्ड सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलो भन्ने स्थान ठूलो पहिरो खस्दा सडक यातायात अवरुद्ध हुन गएको हो ।

निरन्तरको वर्षातका कारण पहिरो झर्ने क्रम जारी छ । सडकमा खसेको पहिरो पन्छाउनका सम्बन्धित निकायसँग समन्वय भइरहेकोे चितवनस्थित जिल्ला प्रहरी कार्यालयल प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताउनु भएको छ । दुवै ठाउँमा लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको बताइएको छ ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा सयौं सवारीसाधन रोकिएका छन् । हजारौं यात्रीहरु अलपत्र परेका छन् । सोही स्थानमा हिजो बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालन भएको थियो । रातभर परेको पानीले पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।