फाइल तस्वीर


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने भएको छ । उक्त पार्टीको आज बिहीबार बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो ।

राप्रपा नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सुरु गर्न लागेको बताएको छ । आज गरिएको निर्णयअनुसार भदौ ३० गतेदेखि यात्रा सुरु हुनेछ । मेचीको काकडभिट्टाबाट ३० गतेदेखि सुरू हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासामा पुग्नेर त्यहाँबाट काठमाडौं फर्किए पछि यात्रा समापन हुने बताइएको छ ।

पार्टीको आज बसेको सचिवालयको बैठकले समान विचारधारा भएका राजनीतिक दल, समुह तथा व्यक्तिसँग आवश्यक परामर्श गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिने निर्णय गरेको प्रचार विभाग प्रमुख सुरेश आचार्यले बताउनु भएको छ ।