फाइल तस्वीर


काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिसमक्ष दोस्रो दिन पनि बयान दिने कार्य आजका लागि सकिएको छ । महाभियोग सिफारिस समितिले तयार पारेको ४३ वटा प्रश्नमध्ये निलम्बित प्रधानन्यायाधीश जबराले हिजो र आज गरी जम्मा ६ वटा प्रश्नको जवाफ दिनुभएको छ ।

हिजो चारवटा प्रश्न सोधिएकोमा आज जम्मा दुईवटा मात्रै प्रश्न सोधिएको समितिका एक सदस्यले बताए । आजको बैठकमा जबराले करिब अढाई घण्टामा दुईवटा प्रश्नको उत्तर दिनुभएपछि बैठक स्थगित भएको हो ।

नेपाली राजनीतिका अध्येता, समाजवादी विचारका विश्लेषक एवम् नेपाली काङ्ग्रेसका सांसद स्वर्गीय प्रदीप गिरीको १३ औं पुण्यतिथिका अवसरमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा सांसदहरु सहभागी हुन जानेकाले आजको बयान स्थागित भएको हो ।

महाभियोग प्रस्ताव दर्ता भएपछि ६ महिनादेखि निलम्बित प्रधानन्यायाधीश जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले हिजो बुधबारदेखि बयान लिन सुरु गरेको हो । उहाँविरुद्ध सत्तारुढ दलका ९८ जना सांसदहरुले गत फागुन १ गते महाअभियोगको प्रस्ताव दर्ता गराउनु भएको थियो ।