फाइल तस्वीर


काठमाडौं – समाजवादी विश्लेषक तथा नेपाली काङ्ग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको आज १३ औँ पुण्यतिथिमा देशभर दीप प्रज्वलन गरिने भएको छ । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलनको कार्यक्रम राखेको हो ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले हिजो बुधबार एक विज्ञप्ति जारी गर्दै देशका सबै ७७ वटै जिल्ला कार्यसमिति, विश्वविद्यालय समन्वय समिति, क्याम्पस एकाइ समिति र मातहतका सबै समितिलाई परिपत्र गर्दै स्व. नेता गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उहाँको योगदानको चर्चा, स्मरण र रचनात्मक कार्यक्रम तथा आज साँझ दीप प्रज्वलन गर्न निर्देशन दिनुभएको थियो ।

समाजवादी विश्लेषक एवम् घरो टिप्पणीकारका रुपमा समेत चिनिनु भएका नेता गिरी घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । भारतमा उपचार गराइ फर्कनु भएका गिरीको पुनः स्वास्थ्यमा खराबी देखिएका पछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । वि.सं. २००४ सालमा सिरहाको वस्तीपुरमा जन्मिएका स्व. गिरी चार पटकसम्म सांसद बन्नुभएका गिरीको उपचारकै क्रममा भदौ ४ गते निधन भएको थियो । भदौ ५ गते स्वर्गीय गिरीको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।

स्वर्गीय गिरी पछिल्लो पटक २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएको थियो । सांसद पदमा बहाल रहँदै उहाँको देहवशान भएको हो । नेविसङ्घ केन्द्रीय कार्यसमितिले उहाँको सम्झनामा १३ औं पुण्यतिथि पारेर आज साँझ शान्तिवाटिकामा दीप प्रज्वलन तथा श्रद्धाञ्जलीको कार्यक्रम राखेको छ ।