फाइल तस्वीर


काठमाडौं – राष्ट्रियसभा अन्तर्गत रहेको विधायन समितिको आज बुधबार बसेको बैठकले नेपाल नागरिकता विधेयक (संशोधन सहित) २०७९ लाई जस्ताको तस्तै पास गरेको छ । आज बसेको समितिको बैठकमा उक्त विधेयक बहुमतले जस्ताको तस्तै पास गरेको हो ।

उक्त विधायन समितिमा रहेको १५ जना सदस्यहरुमध्ये एमालेका तीन र स्वतन्त्र सांसद खिमलाल देवकोटासमेत गरी चार जनाले फरक मत राख्नु भएको थियो भने बाँकी ११ जना सदस्यहरुले जस्ताको तस्तै पास गर्नुभएको थियो । बहुमतले पारित उक्त विधेयक भोलि बस्ने राष्ट्रियसभा बैठकमा पेश गरिने भएको छ ।