साङ्केतिक फाइल तस्वीर


काठमाडौं – देशभर यतिबेला डेङ्गो रोग महामारीको रुपमा फैलिएको छ । गत पुसदेखि भदौ १४ गतेसम्म देशभर २ हजार ७ सय २८ जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भइसकेको काठमाडौंको टेकुस्थित इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले जनाए अनुसार देशको ७२ जिल्लामा डेङ्गो रोगका बिरामीहरु भेटिएका छन् ।


इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत रहेको कीटजन्य रोग नियन्त्रणका प्रमुख डा. गोकर्ण दाहालका अनुसार अहिलेसम्म ७२ जिल्लाबाट रिपोर्ट भइसकेको छ । जिल्लाबाट प्राप्त विवरण अनुसार सबैभन्दा धेरै बागमती र लुम्बिनी प्रदेशमा डेङ्गोका बिरामीहरु देखिएको छन् ।

बागमती प्रदेशमा मात्रै १ हजार ९७ जना र लुम्बिनीमा ६ सय ६६ जनामा यो रोगको सङ्क्रमण देखिएको डा. दाहालले बताउनु भएको छ । बागमती प्रदेशको ललितपुर जिल्लामा मात्रै पुसदेखि मध्यभदौसम्म आइपुग्दा १ हजार ५६ जनामा यो रोगको सङ्क्रम पुष्टि भैसकेको छ । बागमती प्रदेशकै काठमाडौं जिल्लामा तीन सय ३२ जना, धादिङ जिल्लामा ७६ जना र सिन्धुली जिल्लामा ६१ जना डेङ्गोका बिरामी भेटिएका छन् भने यस प्रदेशको अन्य जिल्लाहरुमा पनि सङ्क्रमित घेटिएका छन् ।


त्यसैगरी लुम्बिनी प्रदेशको रुपन्देहीमा तीन सय ७७ जना र प्रदेशका अन्य जिल्लामा पनि सङ्क्रमण पैmलिएको इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश नं. एकको तेह्रथुममा ७७ जना डेङ्गो रोगका बिरामी भेटिएका छन् भने अन्य जिल्लामा ५० भन्दा कम सङ्ख्यामा बिरामी फेला परेका छन् । कतिपय जिल्लामा डेङ्गो रोगबाट सङ्क्रमित भएका बिरामीको सङ्ख्या एक÷दुई वटा मात्र रहेको छ ।

देशभर डेङ्गो रोगको सङ्क्रमण देखिएको यो पहिलो पटक हो । यसभन्दा अघि सन् २०१९ मा सबैभन्दा धेरै १८ हजार केस फेला परेका थिए । उक्त समयमा पनि देशका ६८ वटा जिल्लामा डेङ्गोका बिरामीहरु भेटिएका थिए ।
यसैगरी अघिल्लो वर्ष कुल ७७ जिल्लामध्ये ५८ वटा जिल्ला गरी छ सय जनामा डेङ्गो रोगको सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
यतिबेला राजधानीका विभिन्न अस्पतालहरुमा डेङ्गो रोगका बिरामीहरुको सङ्ख्या बढिरहेको छ । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै दैनिक ८० जनासम्म डेङ्गा रोग लागेको आशङ्कामा बिरामीहरु आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।दैनिक ७० देखि ८० जना अस्पताल आउने गरेका छन्। तर सन् २०१९ को जस्तो अस्पतालमा हलचल देखिएको छैन। हुन त त्यो बेलामा डेङ्गीको उपचार गर्ने धेरै अस्पताल नभएर पनि हुन सक्छ। अहिले धेरैमा उपचार हुने गरेको छ।


नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा डेङ्गो रोगबाट सङ्क्रमित बिरामी भेटिएको थियो । विशेष गरी वर्षाद्को समयमा यो रोग अत्यधिक देखिंदै गएको छ र प्रत्येक वर्ष डेङ्गोका बिरामीको सङ्ख्या बढ्दै गएको इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।


देशभरगरी हालसम्म करिब तीन हजारको सङ्ख्यामा डेङ्गो रोगका बिरामीहरु भेटिएका छन् । लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्दछ । डेङ्गोका बिरामीलाई टोकेको लामखुट्टे अर्को व्यक्तिलाई टोक्दा सङ्क्रमण फैलिने चिकित्सकहरुको भनाइ छ । डेङ्गो रोगको सङ्क्रमणको लागि भदौ असोजको मौसम एकदमै उपयुक्त सयम भएकोले यो रोगको सङ्क्रमण अझै बढ्न सक्ने चिकित्सकहरुको भनाइछ ।

डेङ्गो रोगको लक्षण भनेको टाउको बेस्कन दुख्ने, एक्कासी ज्वरोको तामक्रम धेरै हुने, आँखाको गेडी दुख्ने, शरीरका जोर्नी तथा मांसपेशीहरु दुख्ने, वाकवाकी लाग्ने, थकान हुने गर्दछ । धेरै जनामा डेङ्गो रोग कडा नहुने भएका कारण बिरामीले पारासिटामोलको सेवन गरेर धेरै पानी पिउने र आराम गर्नु लाभदायक हुने र कतिपयको हकमा भने डेङ्गोको सङ्क्रणले जटिल अवस्थामा पनि पु¥याउन सक्ने चिकित्सकहरु बताउँछन् ।