तनहुँ –जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका पल शाहको पेसी स्थगित भएको छ । तनहुँ अदालतमा आज बुधबारका लागि पेसी तोकिएकामा न्यायाधीश अनुपस्थित भएकाले पेसी स्थागित भएको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘गोलाप्रथाबाट जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासमा पेसी परेकामा न्यायाधीश केसी विदामा रहेकाले पेसी स्थगित भएको हो ।’

यसअघि भदौ ८ गते नवलपुरमा पनि पेसी स्थगित भएको थियो । नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा शाहलाई गत चैत १० गते पुर्पक्षका लागि कारागार चलान गरिएको हो । अभियुक्त शाह अहिले जिल्ला कारागार तनहुँमा रहेका छन् ।