फाइल तस्वीर ।

काठमाडौं – महाअभियोगमा जेलिएका सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरा प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिमा बयान दिन पुग्नु भएको छ । जबरा आफ्नो बचाउ गर्दै समितिलाई बयान दिन आज बुधबार सिंहदरबारस्थित समितिको सभाकक्षमा पुग्नु भएको हो ।

निलम्बित प्रधानन्यायाधीश जबरा समितिले बयान लिन सुरु गरेको छ । समितिका सदस्यहरुले उठाउनु भएको प्रश्नको जवाफ दिंदै जबराले आफुलाई निर्दोश सावित गर्ने प्रयत्न गरिरहनु भएको छ । समितिका सदस्य र जबराबीच अहिले प्रश्नोत्तर भइरहेको छ ।

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । महाअभियोगको प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा पर्नुभएको हो । समितिले प्रधानन्यायाधीश जबरामाथि लागेको आरोपका सम्बन्धमा छलफलका आज समितिमा उपस्थित हुन बोलाएको थियो ।

प्रधानन्यायाधीश जबराको पालामा सर्वोच्च अदालतमा चरम भ्रष्टाचार र बेथिति मौलाएको भन्दै उहाँ विरुद्ध नेपाल बार एसोशिएशनले झण्डै तीन महिनासम्म चरणवद्ध आन्दोलन गरेको थियो । संसद् सचिवालयमा प्रधानन्यायाधीश जबरा विरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उहाँ निलम्बनमा पर्नुभएको थियो भने नेपाल बार एसोशिएशनले आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गरेको थियो ।