फाइल तस्वीर

चितवन – नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ घण्टापछि सञ्चालनमा आएको छ । सडक खण्डको भरतपुर–२९ स्थित केराबारीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।

गएराती साढे २ बजे खसेको पहिरो बिहान साढे ८ बजेको समयमा पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।