प्रतिकात्मक तस्वीर

दाङ– दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–१२ गुर गाउँमा मङ्गलबार बेलुकी चट्याङमा परेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घटनास्थल चार–पाँच घण्टाको दूरीमा भएकाले मृतकको नाम र घाइतेहरूको अवस्था अझै पत्ता लागेको छैन । प्रहरीको टोली घटनास्थल गएको र सम्पर्क हुन नसकेको डिएसपी राजन गौतमले जानकारी दिनुभयो ।

डिएसपी गौतमले भन्नुभयो, ‘वडाअध्यक्षमार्फत् हामीकहाँ घटनाको बारेमा जानकारी आयो , हामीले प्रहरीलाई त्यस तर्फ पठाएका छौँ, प्रहरी घटनास्थलबाट फर्किएपछि थप विवरण आउँछ ।’