प्रतिकात्मक तस्वीर
धादिङ – धादिङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गल्छी गाउँपालिका ७ बुद्धपार्कमा हिजो स्कुटर र हाइस माइक्रो बस आपसमा ठोक्किँदा स्थानीय १८ वर्षिय स्कुटर चालक सविन रिजालको मृत्यु भएको हो ।

स्कुटरमा पछाडि सवार २२ वर्षिय अमृत तामाङ घाइते भएको प्रहरीले जनाएको छ । स्कुटर चालक रिजालको उपचारको क्रममा अम्बिभरोसा अस्पतालमा साँझ साढे ६ बजे मृत्यु भएको हो । स्कुटरको पछाडि सवार तामाङलाई भने थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ ।

हिजो साँझ सवा ६ बजे रिजालले चलाएको वाग्मती प्रदेश ०३ ०२ ०११ प ५३२७ नम्बरको स्कुटर र ग १ ख ३४३६ नम्बरको हाइस माइक्रो बस आपसमा ठोक्किएका थिए ।