प्रतिकात्मक तस्वीर
काठमाडौं – पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ११ वटा विपद्का घटना हुँदा ४ जनाको निधन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा चार जनाको निधन हुनुका साथै चार जना घाइते भएका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार चट्याङ, पहिरो, आगलागी, जनावरको आक्रमण र सिलिन्डर विष्फोटको घटना जस्ता कार्य बितेका २४ घण्टामा घटेका हुन् । यी सबै ११ घटनाबाट ३७ लाख एक हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।