फाइल तस्वीर

काठमाडौं – सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक आज पनि बस्दैछ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँडका लागि जारी प्रयासलाई टुङ्गोमा पु¥याउनका लागि कार्यदलको बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँडका लागि प्रयास भइरहेको भए तापनि तीन साता नाघिसक्दा पनि टुङ्गोमा पुग्न सकेको छैन । नेपाली काङ्ग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले २०, राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । दलका दाबीमाथि कार्यदलले छलफल गरे पनि निष्कर्षमा पुग्न सकेको छैन ।

शीर्ष नेताहरुको बैठकबाट सिट बाँडफाँडको टुङ्गो लगाउने भने तापनि पुनः कार्यदललाई विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिएपछि आज बैठक बस्न लागेको हो ।