फाइल तस्वीर


काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज मङ्गलबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ । विभागका अनुसार देशका पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी कर्णाली र सुदूर–पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागका मौसमविद्ले् जनाएका छन् । मङ्गलबार राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ जनाइएको छ ।

यसैगरी प्रदेश नं १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने विभागले जनाएको छ ।