काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहित काङ्ग्रेसका पदाधिकारीहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुग्नुभएको छ ।

संसदबाट पास भइआएको नागरिकता विद्येयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनरविचार गरियोस् भनि फिर्ता पठाएपछि अहिले सरकार र राष्ट्रपतिबीच टकराव सिर्जना भएको हो ।

राष्ट्रपतिसँगको भेटमा काङ्ग्रेस पदाधिकारीहरुले सोही विषयमा छलफल गर्ने बताइएको छ । प्रधानमन्त्री देउवासहित काङ्ग्रेसका पदाधिकारीहरु उपसभापति धनराज गुरुङ, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पार्टी महामन्त्री गगन थापा शीतलनिवास पुग्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।