फाइल तस्वीर ।


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने भएको छ । पार्टी महासचिव शङ्गर पोखरेलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर कुनुैपनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताउनु भएको हो ।

एमाले प्रचार विभागद्वारा आज सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले ‘कुनै प्रकारको गठबन्धनको पक्षमा आफुहरु नरहेको भन्दै आफ्नो नीतिका आधारमा निर्वाचनमा प्रस्तुत हुने’ बताउनु भएको छ । चुनावी तालेमलका लागि भने एमाले खुला रहेको भन्दै निर्वाचन क्षेत्र विशेषमा भने अन्य दलहरुसँग तालमेल हुनसक्ने महासचिव पोखरेलको भनाइ थियो ।